रुकुम पश्चिम । तिनदिन पहिले गत मंगलबार रुकुम पश्चिमको आठबिसकोट १४ स्थित ठुलीभेरी नदीमा टिप्पर खस्दा बेपत्ता भएका तीनजनामध्ये ४१ वर्षीय चालक मणिराम चौधरीको शव फेला परेको छ ।
Advertisement
दाङ घर भएका चौधरीको शव सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित खोचीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमेश बिष्टले जानकारी दिए ।
गत मंगलबार आठविसकोट नगरपालिका -१४ पिपलचौर बाट छेपारेतर्फ जाँदै गरेको रा.१ क. १५०१ नम्बरको टिपर भेरी करिडोर सडकखण्डबाट नदिमा खसेको थियो ।
टिपरमा सवार ३ जना मध्ये दुई अझै बेपत्ता छन्। उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक र रुकुम पश्चिमको सानिभेरी गाउँपालिका ३ का धनविर विक वेपत्ता रहेको प्रहरीले जनाएको छ ।