रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १४ को पिपलचौर बाट ठुलीभेरी नदीमा टिपर खसेर तीन जना बेपत्ता भएका छन् । मंगलबार साझ बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन्।
भेरीकरिडोरमा पर्ने उक्त सडक खण्डमा यति बिल्डर्स प्रालि को रा. १ क. १५०१ नम्बरको टिपर ठुलीभेरी नदीमा खस्दा चालक सहित तीन जना बेपत्ता भएका हुन् ।
आठबिसकोट नगरपालिका ११ को चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको उक्त टिपर सडक देखि करिब तिन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमेश बिष्टका अनुसार बेपत्ता हुनेहरु मध्य एक जनाको पहिचान खुलेको छैन । टिपर चालक दाङ घर भएका ३५ वर्षीय मनिराम चौधरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ का जेसिबी चालक अन्दाजी ३१ वर्षका धनबिर बराईली र अर्का एकजना जेसिबीका हेल्पर रहेका छन् । भने उनको पहिचान खुलेको छैन ।
बेपत्ता भएका तिनै जना यति बिल्डर्स प्रालिमा कार्यरत हुन्। गएराती देखि बेपत्ताहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।