केराबारी गाउँपालोका-८ आमजुगीस्थित महादेव क्रसरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
Advertisement
गोरखा घर भएका ३५ वर्षीय मंगल चेपाङको सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
अहिले प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।