आठबिसकोट । रुकुम पश्चिमका एक युवकको बिधुत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान जाजरकोटको नलगाड नगरपालिका- ४ स्थित गुवारा भन्ने ठाउँमा १९ वर्षिय शिशिर चन्दको मृत्यु भएको हो ।
Advertisement
रुकुम पश्चिमको ११ र जाजरकोटको नलगाड ७ मा बसोबास गर्दै आएका चन्द बिधुत मर्मत गर्ने क्रममा पोलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी जाजरकोटका अनुसार घटनाको अनुसन्धान भैरहेको छ । चन्द आज बिहान बिधुत मर्मत गर्न गएका चन्दको गुवारा भन्ने ठाउँमा मृत्यु भएको बताईएको छ्।