• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ३. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ४. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ५. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ६. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ७. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ८. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ९. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

  • १०. चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइदै


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

    Advertisement

    संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । २९ असार १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

    ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

    नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

    त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आइतबार बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।

    आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।

    आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

    • भानु जयन्ति
    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै
    सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
    खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ
    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन
    आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ३.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ४.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ५.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ६.
      यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

    भर्खरै

    • १.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • २.
      सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    • ३.
      खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

    • ४.
      आज घट्यो सुनको मूल्य

    • ५.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ६.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ७.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    • ८.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.