भोजपुरको रामप्रसादराई गाँउपालिक–२ स्थित धोद्लेखानिको बोन्थिताङ भन्ने ठाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ।
Advertisement
जिल्लाको भोजपुर नगरपालिका–२ हेलौछा का ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले उज्यालोपाटी लाई जानकारी दिए।
मृत्यु हुनेमा वेलबहादुर गिरी, मनिषा गिरी, मनिषा गिरी र सपन गिरी रहेको उनको भनाइ छ। गम्भीर घाइते राजेन्द्रलाई उपचारका लागि भोजपुर ल्याइदै गरिएको श्रेष्ठको भनाइ छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।