नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार भइरहेको छ।
अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।