जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नाबालिका बलात्कार अभियोगमा एक जनालाई पक्राउ गरेको छ । गएराती जिल्लाको सानीभेरी गाउँपालिका – २ स्थित एक होटलबाट चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रशेम केसीलाई पक्राउ गरेको हो। वाईसीएलका इन्चार्ज रेशम केसी लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रमेश बिष्टले जानकारी दिए ।
जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी लाई होटल बाटै पक्राउ गरिएको हो।
रूकुम पश्चिम प्रहरी प्रमुख विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा केसीले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ । पक्राउ परेका केसीलाई जिल्ला अदालत बाट आज म्याद थप गरेर अनुसन्धान अगाडी बढाई प्रहरी प्रमुख बिष्टले उज्यालोपाटी लाई जानकारी दिए ।