काठमाडौँ । कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ ।
Advertisement
मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो ।
कार्यालयले असार ३ गते उक्त आशयपत्र स्वीकृत गरेको थियो । आशयपत्र अनुसार सप्तरीको डाक्नेश्वरी–९ मा रहेको कजरा सिँचाई आयोजना तथा जीता सिँचाई आयोजनाको पुनर्निर्माण तथा स्तरोन्नतिको लागि छुट्टाछुट्टै दुई वटा ठेक्का स्वीकृत गरेको थियो ।
विदेशी दातृ निकायको लगानीमा चलिरहेको आयोजनामा कालोसूचीमा परेको कम्पनीलाई काम दिनेगरी आशयपत्र दिइएको छ ।