• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

रक्सी पाईने हेडसरको स्टेशनरी पसल : विद्यालय क्षेत्रमा लुकिछिपी मदिराको व्यापार

" स्टेशनरी र किराना पसलको नाममा अवैध मदिराको व्यापार "

  •   शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । यहाँका प्रायः सबै विद्यालय क्षेत्र नजिक आसपासका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्वाध बिक्री वितरण गर्ने गरेको पाइएको छ। नेपालको मादक पदार्थ नियन्त्रण ऐन २०३३ अनुसार विद्यालय, अस्पताल, धार्मिक स्थल लगायतका संवेदनशील क्षेत्रमा मदिरा बिक्री गर्न पाइँदैन। त्यसमाथि कतिपय स्थानीय तहले १०० मिटर भित्र मदिरा बिक्रीमा स्पष्ट प्रतिबन्ध लगाएका छन्। तर व्यवहारमा यी कानुनी प्रावधान केवल कागजमै सीमित देखिन्छन्।

    Advertisement

    नियम, निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेकाहरुलाई कतिपयलाई थाहै छैन्। त कतिपय थाहा पाएर पनि खुलेआम बिक्रि गरिरहेका छन्। बिधालय क्षेत्रका पसलहरु सुर्ती र मदिराजन्य पदार्थ सँगै जङफुडको समेत गोदामले भरिएका छन्। आठबिसकोट नगरपालिका -८ स्थित हिमालय माविको विद्यालय क्षेत्रमा सोही विद्यालय का प्रधानाध्यापक नवराज बुढाले मदिरा र सुर्तिजन्य पदार्थले भरिएका पसल सञ्चालन गर्दै आएका छन्। नगरपालिकाका अधिकांश बिधालयहरु को नजिकै मदिरा बिक्रि गर्दै आएका छन्।

    प्राय जसो पसल सञ्चालकले आफूलाई यस्तो नियमका बारे थाहा नपाएको बताउछन्। बिडम्बनाको कुरा त के छ भने आठबिसकोट ८ ‘स्थित हिमालय माविका प्रधानाध्यापक समेत रहेका नवराज बुढाको विद्यालय अगाडी पसल छ । करिब ३ मिटरको दुरीमा रहेको उनको स्टेशनरी पसलमा स्टेशनरी बाहेक सबै सामान पाईन्छ । विवेक स्टेशनरी तथा किराना पसल नाममा दर्ता भएको यो पसलमा कापि कलम बाहेक जुत्ता चप्पल, सुर्ती, मदिरा जन्य पदार्थ सबै पाईन्छ । शुक्रवार बिहान आठबिसकोट नगरपालिकाकी उपप्रमुख धन कुमारी शाहीको संयोजकत्वमा बजार अनुगमनका क्रममा नगर प्रहरी सहितको टोली दाजे पुग्यो । विद्यालय अगाडी गाडी रोकेर प्रअ बुढाको पसलमा पुगेको अनुगमन टोलिले अनुगमनका क्रममा म्याद गुज्रीएको मालसमान जफत गर्छ । अनुगमन टोलिले मदिरा पनि बेच्नुहुन्छ ? भनेर सोध्छ, नवराजले स्कुलको आगनमा कहाँ बेच्नु हजुर किराना सामान मात्रै हो भनेर जवाफ दिन्छन्। पसलको गोदाम देखाउन भनेपछी उनी डराउँदै गोदाम देखाउँछन्। तर मदिरा अन्तै लुकाएका रहेछन्। घरको दोस्रो तलामा लुकाएको अवस्थामा बियर फेला परेपछी बुढा लज्जित हुँदै भन्छन, गल्ति भयो एकपटकलाई छुट दिनु । यता अबैध रुपमा त्यो पनी स्टेशनरी र किराना पसल चलाउने अनुमति लिएर स्कुलको गेटमा मदिरा बेचेको कारण १० हजार जरीवानाको रसिद काटिन्छ । बरामद भएका बियर सहित अन्य म्याद गुज्रीएका मालसमान जफत गरेपछी उनी भन्छन, सुचना दिनेलाई छोड्दिन्। मावि स्कुलको प्रधानाध्यापक जस्तो गरिमामय पदमा बसेर स्कुल परिसरमै स्टेशनरीको नाममा अबैध मदिरा बेचिरहदा गल्ति भएको महसुस नगरी उनले दिएको अभिव्यक्तिले उनको नैतिकता माथि प्रश्न उठेको छ ।

    नवराज विद्यालय जाने समय बाहेक र बिदाको दिन नामको मात्रै स्टेशनरी पसलमा बसेर व्यापार गर्छन्। तर कापी, कलम, किताबको होइन ।रक्सी , चुरोट र सुर्तीजन्य पदार्थको अरुबेलामा उनकी श्रीमती नन्दकली बुढाले पसल समाल्छिन्। स्कुलको छेउमै पसल सञ्चालन गरेका छन्। पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरण भैरहेको हुन्छ । शिक्षालय नजिकैको यस्तो अवैध धन्दाले विद्यालयको वातावरणमा गम्भीर असर पारिरहेको छ । नेपालको कानूनअनुसार विद्यालय क्षेत्रको १०० मिटर वरपर मदिरा बिक्री वितरण गर्न पाइँदैन। तर आठबिसकोटमा सो नियम खुलेआम उल्लंघन भएको देखिएको छ। नियम बारे आफुलाई थाहा नभएको नवराज बुढा बताउँछन्। स्थानीयले स्कुल नजिकै मदिराजन्य पदार्थ विक्रिवितरण भैरहेको सुचनाको आधारमा नगरपालिकाबाट उपप्रमुख धन कुमारी शाही सहित प्रशासन सहायक तथा उधोग शाखा प्रमुख त्रीपुरा चन्द , नगरप्रहरी प्रमुख निरज विक, पशु स्वास्थ्य प्राविधिक धन बहादुर आरसी, वडाका कर्मचारी पत्रकार लगायतको टोली अनुगमनमा गएको थियो ।

    आठबिसकोट शिक्षा समितिले विद्यालयभन्दा १०० मिटरको दूरीमा २० वर्षमुनिका विद्यार्थीलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न सूचना जारी गरेको छ। शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट भन्छन, तर, सुचना पुर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन्। स्थानीय प्रशासन कार्यालयले अनुगमन गर्नुपर्ने बिष्ट बताउँछन्।

    बालबालिकाको भविष्यसँग सोझो खेलवाड गर्ने गरी विद्यालय क्षेत्रका पसलले सुर्ती र मदिराजन्य पदार्थ बिक्री गरिरहँदा प्रभावकारी अनुगमन नगर्ने र स्थानीय प्रशासन गम्भिर नहुनेजस्ता कारणले यो नियमको कार्यान्वयमा चुनौती देखिएको छ । बालबालिकाको शिक्षाको पवित्र थलो मानिने विद्यालय आसपासका क्षेत्रमा समेत खुलेआम मदिरा बिक्री भइरहेको छ। यसले न केवल कानुनको उल्लंघन भइरहेको संकेत गर्छ, बरु समाजको नैतिक धरातललाई पनि प्रश्नमा ल्याइरहेको छ।

    शिक्षण संस्थाको नजिकै रहेको मदिरा पसलहरूले बालबालिका र किशोरहरूमा नकारात्मक असर पार्न थालेको अभिभावकहरू बताउँछन्। विद्यालय जाने बाटोमै मदिरा पसल खुलेका कारण बिहानैदेखि नशामा रहेका व्यक्तिहरूको उपस्थिति देखिन्छ, जसले बालबालिकामा त्रास उत्पन्न गराएको छ। व्यवसाय दर्ता , नविकरण नभएका, मापदण्ड विपरित सञ्चालित पसलहरुबाट २३ हजार रुपैयाँ जरिवाना लगाईएको अनुगमन टोलिले जनाएको छ ।

    • मदिरा बिक्रि
    शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.