• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

लोकप्रिय समाचार

  • १. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • २. जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

  • ३. कठोर उपमेयर धन कुमारी शाही

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ६. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ९. बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

  • १०. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

आठबिसकोटमा वडा सदस्यको नेतृत्वमा खानेपानीको मुहान तोडफोड

"४० जनाको समुह लिएर मुहान भत्काईन , समितिले गर्यो प्रहरीमा उजुरी  "

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना जानीजानी भत्काइएको भन्दै उपभोक्ता समितिका अध्यक्ष कालो खत्रीले प्रहरीमा उजुरी दिएका छन्। स्वार्थ समुहले बन्दै गरेको योजनामा निर्माण भैसकेको कलेक्सन च्याम्बर सहित अन्य संरचनामा क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उजुरी दिएका हुन्।

    Advertisement

    सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ३०,४० जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वार्ड न ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण भइसकेको संरचना भत्काएर क्षति पुर्याएको जनाईएको छ ।

    योजनाको काम गरिरहेको समयमा उक्त समुह आएर कार्यरत उपभोक्ता समिति, कामदार र कर्मचारीलाई धाक धम्की दिदैं सार्वजनिक सम्पत्तिको जानाजान पुर्ण रुपमा क्षति पुर्‍याउने कार्य भएको उजुरीमा उल्लेख गरिएको छ । समितिका अध्यक्ष भन्छन, “हामीले खानेपानीको अभाव झेल्दै आएका थियौं। योजनाले केही सहज हुने आश थियो, तर केही स्वार्थी समूहले जानाजानी योजना बिगारे।” उनका अनुसार निर्माण भैसकेको सो योजना पुर्ण रुपमा क्षति गरिएको छ । घटनापछि प्रभावित उपभोक्ता समिति लिखित उजुरी लिएर ईलाका प्रहरी कार्यालय आठबिसकोट पुगेका छन्। उजुरीमा दोषी माथि कानुनी कारबाहीको माग गरिएको छ। नेपालको संविधानको धारा ४८ मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्य भएको उल्लेख गरिएको छ । तर जनप्रतिनिधिले सार्वजनिक सम्पति माथि तोडफोड गरेका छन्।

    उजुरीमा भनिएको छ ।, , यस कार्यले समुदायमा खानेपानी योजनाको निर्माण कार्यमा बाधा उत्पन्न भएको छ र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको छ। यो कार्य खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन, २०७९, सार्वजनिक सम्पत्ति संरक्षण ऐन, २०३४ तथा फौजदारी संहिता, २०७४ अनुसार कानुनी अपराध हो ।अतः, श्रीमानसमक्ष अनुरोध छ कि सो कार्यमा संलग्न व्यक्तिहरूको तुरुन्त सर्रजीमन मुचुल्का तथा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइदिनु हुन विशेष अनुरोध गर्दछु।

    नगर उपप्रमुख धनकुमारी शाहीले घटना दुःखद रहेको भन्दै आवश्यक अनुसन्धानका लागि प्राविधिक टोली खटाइएको जानकारी दिए। “योजना भत्काउने जो भए पनि कानुनी कारबाही हुन्छ,” उनले भनिन्। हाल प्रहरी र नगरपालिका प्रशासनको सहकार्यमा घटनाको अनुसन्धान अघि बढाइएको छ। दोषी उपर कडा कारबाही गरिने छ।

    खानेपानी उपभोक्ता समितिका अध्यक्ष खत्रीका अनुसार योजना अन्तिम चरणमा पुगेको थियो। “अब पुनः निर्माण र मर्मतका लागि समय र स्रोत दुवै लाग्नेछ,” उनले चिन्ता व्यक्त गरे। वडा नम्वर ८ मा रहेको उक्त मुहान मा आफ्नो हकदाबि पर्ने र सोही मुहानको झण्डै ३ सयमिटर टाढाबाट बिधुतको लागि पानी प्रयोग भएका कारण ८ नम्वर वडाका महिला जनप्रतिनिधि बुढा सहितको टोलीले निर्मानाधिन संरचना भत्काएको बताईएको छ ।

    सार्वजनिक संरचना भत्काउनेलाई यस्तो छ कानुनी कारबाही

    सार्वजनिक संरचना (सडक, पुल, भवन, बत्ति, खानेपानीको धारो ) जानाजान भत्काउने वा क्षति पुर्‍याउने कार्य नेपालको कानूनअनुसार अपराध मानिन्छ। यस्तो कार्य गरेमा जो कोहीलाई फौजदारी अपराध लाग्दछ ।

    मुलुकी अपराध संहिता, २०७४ (दफा २७८) अनुसार सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य मा संलग्नलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय दिन सकिने व्यवस्था छ। त्यस्तै सार्वजनिक सम्पत्ति नोक्सान संरक्षण ऐन, २०३१ अन्तर्गत जानाजानी संरचना नष्ट गर्ने कार्यमा संग्लन व्यक्तिलाई १ वर्षसम्म कैद वा रु. ५,००० सम्म जरिवाना लाग्न सक्ने कानुनी व्यवस्था छ।

    दोषी ठहर भएमा जरिवाना, कैद वा दुबै सजाय हुन सक्छ। भने यदि सरकारी कर्मचारी वा निकायसँग आबद्ध व्यक्ति संलग्न भएको पाइयो भने थप प्रशासनिक कारबाही जागिर बर्खास्त, बढुवामा रोक वा उसले धारण गर्दै आएको पदमुक्त पनि हुन सक्छ। स्थानीय सरकारले पनि खानेपानी संरक्षण निर्देशिका अनुसार थप जरिवाना र समाजिक कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ ।

    माघ महिनामै दर्ता भएको थियो मुहान

    आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित वडा नम्वर ७, ११ र १३ मा आयोजना संचालनका लागि उपभोक्ता समितिको तर्फबाट १५ दिने खानेपानी मुहान दर्ता सम्बन्धी सूचना सार्वजनिक गरिएको थियो । २०८० माघ २ गते वडा नम्वर ८ बाट मुहान दर्ताका लागि अनुमति दिइएको थियो । सोही वडाले दिएको अनुमति बिरुद्ध वडाकै वडा सदस्यले दादागिरी शैलीमा खानेपानीको मुहान भत्काएकी छन्। ६ वटा खानेपानी आयोजनका लागि खानेपानीको मुहान दर्ताको सम्बन्धमा कुनै बाधा व्यवधान/दावि विरोध भएमा १५ दिनभित्र नगरपालिकामा उजुरी गर्न सक्ने सार्वजनिक सुचना प्रकाशित भएको थियो । माघ १५ गते प्रकाशित उक्त सुचनामा कसैले पनि उजुरी दिएका थिएनन्। सुचना प्रकाशित भएको झण्डै ४ महिनापछी जनप्रतिनिधि बाट नै सार्वजनिक सम्पति माथि तोडफोड भएको हो ।

    प्रत्यक्षदर्शीका अनुसार उक्त मुहान आसपासमा कुनैपनी व्यक्तिगत तथा सामुदायिक प्रयोजनका आयोजनाहरु सञ्चालित छैनन्। भत्काईएको आयोजनाबाट वडा नम्वर ७ का घरधुरी १४४ लाभान्वित हुनेछन्।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ
    दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै
    धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते
    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    लोकप्रिय

    • १.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • २.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ३.
      कठोर उपमेयर धन कुमारी शाही

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ६.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    भर्खरै

    • १.
      देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

    • २.
      दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

    • ३.
      धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

    • ४.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ५.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ६.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ७.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ८.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.