आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट-९ मा रहेको खारखारा ओराल खानेपानी तथा सरसफाई योजना सम्पन्न भैसक्दा पनी पाईपलाईन भने लथालिङ्ग अवस्थामा छोडिएको छ । ३२ लाख ८७ हजार लागतमा सम्पन्न उक्त आयोजना मापदण्ड अनुसार पाईप गाड्नुपर्नेमा पाईप जमिन माथि नै रहेको पाईएको छ ।
Advertisement
९८ घरधुरी लाभान्वित यो आयोजनामा युनिसेफ नेपाल( UNICEF) MERCY NEPAL, पहाडी क्षेत्र विकास अभियान जाजरकोट को आर्थिक सहयोग रहेको छ । २०८१ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पाइपलाइन हालसम्म सडक माथि नै छोडिएको छ ।
खानेपानी आयोजनाको मापदण्ड अनुसार ९० सेन्टिमिटर पाईप जमिनमुनी गाड्नुपर्छ । तर यो आयोजनाले भने मापदण्ड विपरित नै लामो समयदेखि पाईप जमिन माथि नै लथालिङ्ग अवस्थामा छोडेको छ ।