काठमाडौँ। नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग औपचारिक भेट गर्ने कार्यक्रम रद्द भएको जनाएको छ। आज मन्त्री पन्त र शिक्षक महासंघ विच हुने भनिएको वार्ता नहुने भएको हो ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भेटका लागि मन्त्रालय जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको बताएका छन्। ‘विशेष कारण’ के हो भन्ने महासंघ अध्यक्ष सुवेदीले खुलाएका छैनन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा आज वार्ता नहुने भन्दै जानकारी सार्वजनिक गरेका छन्।
अध्यक्ष सुवेदी लेख्छन, ,
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियो तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’