काठमाडौं । शिक्षा ऐनको माग राख्दै चैत २० गतेदेखि आन्दोलनरत शिक्षक र प्रधानमन्त्री केपि शर्मा ओली बिच बार्ता भएको छ । शुक्रवार राती सिंहदरबारमा शिक्षक आन्दोलनका प्रतिनिधि र ओली बिच वार्ता भएको हो ।
सिंहदरबारमा करीब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा प्रधानमन्त्री समक्ष आफ्ना धारणा राखिएको र सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न सक्ने ओलीले आश्वासन दिएको शिक्षक महासंघले जनाएको छ ।
पटक पटक सरकार सँग वार्तामा बसेको महासंघले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । अध्यक्ष लक्ष्मी किशोर सुवेदी का अनुसार प्रधानमन्त्री सँगको वार्ता पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्रीले हाम्रा माग सुन्नुभयो तर सम्बोधनमा चासो देखाउनु भएन्। सल्लाह गरेर ऐन जारी बारे जानकारी गराउछु । उनले भने ।सरकारले ठोस निर्णय लिननसक्दा नयाँ शैक्षिक सत्र सुरु भएपनी देशैभरको भर्ना अभियान ठप्प हुनुका साथै यही बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परिक्षा अन्योलमा परेको छ ।