• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

शिक्षकहरुको आन्दोलनले यात्रुलाई सास्ती

"आन्दोलन शान्तिपूर्ण भनिए पनि बिच सडकमै प्रदर्शन गर्नाले यात्रुहरुलाई सास्ती परेको छ "

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सुरू गरेको राजधानी केन्द्रित आन्दोलन आज १७ दिन पूरा भएको छ ।

    Advertisement

    सधैँ व्यस्त रहने माइतीघर–बानेश्वर सडक क्षेत्रमा दिनदिनै हुने आन्दोलन र विरोध प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा चुनौती भने खडा गरिरहेको छ । नियमित जस्तो हुने सडक जामले गन्तव्यमा निस्केका यात्रुले सास्ती खेप्न परिरहेको छभने सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई कर्तव्य पूरा गर्न धौ–धौ परेको छ ।

    मूल सडकबाट यात्रा गर्न नपाएपछि यात्रु वैकल्पिक रूपमा करिडोरका सडक प्रयोग गर्न बाध्य हुनुपरेको छ । समयमै गन्तव्यमा पुग्न नपाएर कतिपय यात्रु छट्पटिरहेको देखिन्थ्यो । सडक जामले यात्रुलाई थोरै दूरी पार गर्न पनि घण्टौँ समय लाग्ने गरेको गुनासो छ । व्यस्त सडकमा हुँदै आएको प्रदर्शनीले दिनभरजसो नै उपत्यकाभित्रका वैकल्पिक मार्ग र खोला करिडरमा सवारी चाप बाक्लो हुने गरेको छ ।

    तथापि, शिक्षक आन्दोलनको हालसम्मको प्रदर्शनी र भएका क्रियाकलापले राजनीतिक दललगायत अरूलाई प्रेरणा दिने शालीन, शान्तिपूर्ण र सभ्य नै देखिन्छ । शान्तिपूर्ण भनिए पनि काठमाडौंको मूल सडकमै आन्दोलन गरिएकाले सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाउन परिरहेको छ ।

    आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बजाउने, नाचगान गर्ने, जादु देखाउने, चुड्किला भन्नेजस्ता गर्दै आएका छन् । आन्दोलनलाई थप ऊर्जा प्रदान गर्न शिक्षकहरू शिक्षण सिकाइमा प्रयोग गरिने उपकरण, माइक, खैजडी, मादलसहित आन्दोलनमा सहभागी भएका छन् ।

    स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाएका छन् । चर्को घामकाबीचमा पनि आन्दोलनकारी शिक्षक सडकमा छमछमी नाच्ने, एक्लै वा गु्रपमा सेल्फी खिच्ने कार्यमा व्यस्त देखिन्छन् । आन्दोलनमा जिल्ला र पालिकास्तरबाट समेत शिक्षकको सहभागिता भएको देखिन्छ । महासंघले आन्दोलनलाई उचाइमा पुर्याउन साथ, सहयोग र समर्थनका लागि सबैसँग आह्वान गरिरहेको छ ।

    पछिल्लो समय प्रत्येक दिन बिहान १२ः०० बजे माइतीघर–बबरमहल भेला भई व्यानरसहित जुलुस प्रदर्शन गर्ने, सडकमै भाषण ठोक्ने र गीत सङ्गीतसहित नाचगान गर्नु आन्दोलनरत शिक्षकको दैनिकी नै बनेको छ । आन्दोलनलाई थप उचाइमा पुर्याउन सहभागीको संख्या वृद्धिका लागि दबाब सृजना गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरीको व्यवस्था मिलाइएको छ ।

    आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि काठमाडौं उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ । सुरुआती दिनका तुलनामा पछिल्ला दिनमा सहभागीको संख्या बढेको शिक्षक आन्दोलनका अगुवा बताउँछन् ।

    शिक्षकको आन्दोलनलाई बल प्रदान गर्न कतिपय संघसंस्थाले निःशुल्क खानेपानीको व्यवस्था गरेका छन् । आन्दोलनमा देखिने नाचगान, गीतसङ्गीत र विभिन्न कला प्रदर्शनीले माइतीघर–बानेश्वर खण्डमा आन्दोलनकारीलाई थप रौनकता प्रदान गरेको छ । आन्दोलन क्षेत्रमा फलफूल, पानी र अन्य हल्का पेय पदार्थको सडक व्यापार भने मौलाएको छ ।

    यसैबीच, सरकारले पनि आन्दोलनरत शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन पटकपटक अनुरोध गरिरहेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।

    नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान समेत गरिरहेको छ । सरकारले नेपाल शिक्षक महासंघले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यस निम्ति निरन्तर संवादमा रहेको जानकारी दिएको छ ।

    आन्दोलनको आज १७औँ दिन पनि सहभागीलाई ढाडस दिँदै शिक्षक प्रतिनिधिले भनिरहेका थिए, ‘दिनदिँदै आइएको छ, बसिएको छ, खै उपलब्धि के भयो र १ भन्ने लाग्न सक्छ, नआत्तिनुस् उपलब्धि हुने क्रममा छ, हामीले यहाँ आए र कराएको सरकारले नसुने पनि हेरेको छ ।’

    सरकार र शिक्षक संगठनबीच भएका सम्झौता कार्यान्वयन र नयाँ शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा आन्दोलनकारी शिक्षक र कर्मचारी दृढ छन् । विद्यालय तहमा लिइएको नतिजा प्रकाशित गर्ने, विद्यार्थी भर्ना अभियानलाई घनिभूत रूपमा लैजानुपर्ने बेलामा देशका भएभरका शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित आन्दोलन होमिन परेको विषयले अभिभावक र विद्यार्थीलाई भने यसपटक चिन्ता बढाएको छ ।

    उसै त निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न चुनौती खेपिरहेका सरकारी विद्यालय आन्दोलनकै कारण विद्यार्थी भर्ना गर्न नसके थप अप्ठ्यारोमा पर्न सक्ने अभिभावकको गुनासो छ । नतिजा प्रकाशन गरेर भर्ना अभियानमा लाग्नुपर्नेमा सरकारले विगतमा गरेको सम्झौता अनुसार नयाँ शिक्षा ऐन नल्याएकाले आन्दोलन गर्नुपर्ने अवस्था निम्तिनुलाई सरकार नै दोषी रहेको आन्दोलनमा सहभागी शिक्षकको आरोप छ ।

    आन्दोलन शिक्षकको मात्र नभई विद्यालयका प्रशासनिक कर्मचारी, सहयोगी, अस्थायी, करार, राहतमा रहेका शिक्षकले रित्तो हात घर फर्कनु परिरहेको अवस्था अन्त्यका लागि हो, त्यसका लागि छिटो शिक्षा ऐन आउनुपर्छ आन्दोलनरत शिक्षक बताउँछन् ।

    सरकारसँग २०८० साल असारमा भएको सहमति कार्यान्वयन गर्ने मामिलामा बेवास्ता भइरहेकाले आन्दोलन गर्नुपरेको सुनाउँदै अभिभावक र विद्यार्थीलाई मर्का नपर्ने गरी उपयुक्त समयको छनोट गरी आन्दोनमा आउन परेको उनीहरुले प्रतिक्रिया दिए । आन्दोलनमा स्थायी, अस्थायी, करार, बाल विकास शिक्षा, राहत, विद्यालय कर्मचारी, सहयोगी, साविक उच्च मावि, सिकाइ अनुदानलगायत शिक्षकहरू सहभागी छन् । रासस

    शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.