• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लगातार घट्दै सुनको मूल्य, आज पनि घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवम् बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवम् कुवा पाउनै मुस्किल छ ।

    Advertisement

    पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ । व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ । दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन् । व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन । प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम २० रुपियाँ खर्च गर्नुपर्छ । क्याफेमा २५ देखि ५० रुपियाँसम्म तिर्नुपर्छ । इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताउनुहुन्छ ।

    चौधरीले भन्नुभयो, “प्यास लागे अर्काको घर छिर्नु भएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन ।” वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आउनु भएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताउनुभयो ।

    दिनानु दिनगर्मी बढ्दै छ । सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ । विसं २०६६ अघि भने इटहरीका विभिन्न सार्वजनिक स्थानमा ८४ वटा सार्वजनिक धारा थिए । खाने पानीबाट जोडिएका यी सार्वजनिक धाराबाट सिधैँ पानी पिउन सकिन्थ्यो । यसले गर्दा बटुवा वा यात्रीलाई सहज थियो । तर इटहरी खाने पानी उपभोक्ता संस्थाले सार्वजनिक धारा हटाउने नीति लियो ।

    धारा धेरै बिग्रेको र खर्च धेरै आएका कारण सबै धारा कटौती गरिएको इटहरी खाने पानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादु कटुवालले बताउनुभयो । “संस्थाले सार्वजनिक स्थानमा धारा नराख्ने नीति नै लिएको छ”, उहाँले भन्नुभयो, “सार्वजनिक स्थानमा धारा हुँदा चरम दुरूपयोग भएका कारण कार्यालयले नराख्ने निर्णय गरेको हो ।” इटहरी खाने पानी उपभोक्ता संस्थाअन्तर्गत हाल तीन वटा पानीका ट्याङकी रहेका छन् । दैनिक दुई करोड १६ लाख पानी प्रशोधन गर्ने क्षमता रहेको यस कार्यालयले इटहरी उपमहानगरका–२० वडामध्ये १२ वटा वडा लाई मात्र पानीको आपूर्ति गर्दै आएको छ ।

    इटहरी उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा पानी पिउने व्यवस्था गरेको छैन । दैनिक हजारौँ व्यक्ति यात्राका दौरान, आर्थिक तथा व्यावसायी कारोबार वा अन्य कामका लागि इटहरी आउँछन् । यस्तो व्यस्त सहरमा सर्वसाधारणलाई पानी पिउन भने समस्या भोग्दै आउनुपरेको छ । रासस

    • बटुवा
    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
    तीजको कोशेली ‘ए मैना सुनन’

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • २.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ३.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ४.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ५.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ६.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ७.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    • ८.
      किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.