रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित राडीज्युला शिक्षा क्याम्पस सञ्चालक समिति सदस्यले सामूहिक पदबाट राजीनामा दिएका छन्।
२०८३ साउन १७ गते (हिजो) सम्पन्न क्याम्पस सभाबाट नेपाली कांग्रेसको तर्फबाट सहमतिमा सञ्चालक समिति सदस्यमा निर्वाचित ललित चन्दले अब उक्त पदमा निरन्तर नरहने निर्णय गर्दै सोमबारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
उनले क्याम्पस सञ्चालक समिति अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आफ्नो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका छन्। १ दिनमै राजीनामा दिएका चन्दले समिती आफ्नो मनमौजले चल्ने र बहुमतको दम्भ देखाएपछि सदस्यमा बस्नु आवश्यक नरहेको बताए।