• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, मङि्सर १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

आज फेरि बढ्यो सुनको मुल्य

यस्तो छ आजको मौसम

जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ३. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ६. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ७. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ८. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ९. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • १०. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिइएको छ ।

    Advertisement

    जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।

    विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वार मौसम बुलेटिमा उल्लेख छ ।

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले सङ्केत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सतर्कता अपनाउन आग्रह

    विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

    त्यसैगरी, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।

    विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ ।

    यस्तै, मध्यम जोखिम रहेका जिल्लामा नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे अद्यावधिक सूचना लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ । रासस

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ
    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
    आज फेरि बढ्यो सुनको मुल्य
    यस्तो छ आजको मौसम
    जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ३.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    • ६.
      धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

    भर्खरै

    • १.
      डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

    • २.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

    • ३.
      गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    • ४.
      आज फेरि बढ्यो सुनको मुल्य

    • ५.
      यस्तो छ आजको मौसम

    • ६.
      जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

    • ७.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    • ८.
      पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.