रुकुम पश्चिममा आज बिहान ८ः४० बजे जिपको ठक्कर बाट २ जना घाइते भएको छन्। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ छिवाङ स्थित मध्यपहाडी लोकमार्गमा आठबिसकोट नगरपालिकाबाट मुसिकोट तर्फ गैरहेको रा १ ज ८३१ नम्बरको जिप अनियन्त्रित हुँदा बाटोमा हिँडिरहेका एकैघरका बाजे नातिनी घाइते भएका हुन् ।
घाइते हुनेमा मुसिकोट नगरपालिका १३ छिवाङ का ७२ वर्षीय बमबहादुर खड्का र उहाँकी नातिनी ५ बर्सिया आकांक्षा ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।
घाइते बमबहादुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको र नातिनी आकांक्षाको बायाँ खुट्टामा चोट लागेकामा अवस्था सामान्य रहेको र उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
जिपमा चालक सहित अन्य सवारलाई केही नभएको र चालक छन् । भने गाडी धनी आठबिसकोट नगरपालिका ९ की धनसरी चदारा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।