सोमबार (आज) बिहान भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ।
Advertisement
भारतीय सञ्चारमाध्यमका अनुसार विमानलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। अहिले सबै यात्रु सकुशल छन्। प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।
दिल्ली प्रहरीले दिएको जानकारीअनुसार एयर इन्डियाको विमान मुम्बईबाट न्युयोर्क जाँदै थियो। तर विमानमा बम छ भन्ने खबर आएपछि विमानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको हो।