नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न नेताहरूलाई सुझाव दिएका छन्।
Advertisement
पूर्वसभापति शेरबहादुर देउवा निकट प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले आगामी फागुन २१ गतेको निर्वाचन नै कांग्रेसका लागि मिलनविन्दु हुन सक्ने औँल्याएका छन्।
सामाजिक सञ्जालमार्फत उनले देउवासहित पूर्णबहादुर खड्का, शेखर कोइराला, गगन थापालगायतलाई मिल्न भन्दै लेखेका छन्, ‘यसकाबारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन्। तर प्रक्रियामा काफी विमतिका बाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ।’