निर्वाचन आयोग बाहिर नेपाली कांग्रेसका दुवै समूूह नाराबाजीमा उत्रिएका छन् । रुख चिन्ह माग गर्दै दुुवै समूहका समर्थकहरु आयोगबाहिर नाराबाजीमा उत्रिएका हुन् ।
नेपाली काग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूूह निर्वाचन आयोगमा जाँदा शेरबहादुर पक्षले नाराबाजी गरेको छ । गगन पक्ष बाहिर गए लगत्तै आयोगसँग छलफलको लागि देउवा पक्ष पुुगेको छ । अहिले देउवा पक्षले निर्वाचन आयोग बाहिर नाराबाजी गरिरहेको छ ।
अहिले निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था कडा बनाईएको छ । नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुुई पक्षीय नेता कार्यकर्ता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । हाल निर्वाचन आयोगको मुख्यद्धारमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बाहिर वाटर क्यानन पनि तयारी अवस्थामा राखिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरु आजै निर्वाचन आयोग पुुगेर आधिकारिकताको दाबी गरेका थिए ।