रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाए विरोध गरेका छन् । माओवादी विघटनपछि आइतबार पहिलोपटक रुकुम पश्चिम पुगेका नेता शर्मालाई पूर्व माओवादी तथा कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् ।
Advertisement
प्रदर्शनकारीहरुले हातमा कालो झण्डा समातेर दक्षिणपन्थी अवसरवादी मुर्दाबाद भन्दै शर्माको विरोधमा उत्रीएका हुन्। यस अघि नेताकार्यकर्ताको भव्य स्वागत पाएका शर्माले पार्टी फुटेपछी भने कालो झण्डा पाएका छन्।
शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीले भोली वृहत युवा भेलाको आयोजना गरेको छ । भने आजदेखि पार्टी कार्यालय उद्घाटन गरेर रुकुम पश्चिममा पार्टी का अन्य गतिविधि सञ्चालन गर्ने बताइएको छ ।