काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रचण्डको आग्रहपछि माओवादी–एकीकृत समाजवादीको एकता कार्यक्रममा सहभागी भएको बताएका छन्।
Advertisement
भृकुटीमण्डपमा आयोजित सभामा खनालले “प्रचण्डजीले कुरा मिलाउँछु भनेकाले एकतामा बल पुर्याउन आएको हुँ” भन्दै आफ्नो उपस्थिति स्पष्ट पारे।
उनले कम्युनिस्ट आन्दोलनमा बारम्बार हुने फुटलाई ‘भित्र पसेका केही तत्वहरूको परिणाम’ भन्दै त्यस्ता समस्या हटाएर वाम एकता कायम राख्न आग्रह गरे।
खनालले जेनजी आन्दोलनका क्रममा श्रीमती घाइते भएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनप्रति आफ्नो परिवारको समर्पण अझ मजबुत रहेको बताए।