काठमाडौँ । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने बताएका छन् । आज
आइतबार काठमाडौं मा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तै अवस्था रहिरहे आफु फेरी प्रधानमन्त्री हुने दाबी गरेका हुन्।
ओलीले भने, ‘‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । उनले अन्तरिम सरकार प्रति लक्षित गर्दै जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ?
छलफलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने ओलीले बताए ।
त्यस्तै ओलीले आफूले प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् । यस अघि प्रचण्डले सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री कार्कीलाई ओलीले सिफारिस गरेको बताएका थिए।