नेपालगन्ज । बाँकेमा दशैँका लागी खसी किन्ने विषयमा दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटबाट नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको हो।
आपसी ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्याइएकोमा दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलकी अनुसार कुटपिट बाट घाइते जाबिद को उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद गर्ने सालो–भेनाको सम्बन्ध रहेका बताइएको छ ।