काठमाडौं । कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि डिल्लीबजारको चारखालस्थित कारागारमा तनाव भएको छ।
Advertisement
कारागारभित्र कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर कारागार प्रशासनले जनाएको छ।
अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ।
अहिले कारागारमा नेपाली सेनाको टोली पुगिसकेको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।