सुजन विश्वकर्मा
पोखरा , श्रावण ५ : यतिबेला नेपाली सांगीतिक क्षेत्रमा निकै तिव्र गतिमा चहलपहल बढिरहेको छ । अझ बिशेष गरि लोकदोहोरी विधाका कलाकारहरुलाई एक हिसाबको भ्याइनभ्याई छ । आउदै गरेको हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्वको रुपमा मनाइने तीजको कारण यसरी सांगीतिक माहोल तातिएको हो ।
लामो समय व्रत बसेर निस्वार्थ भावले आराधना गर्दा देवी पार्वतीले शिव वर पाएको मान्यतालाई यथावत राख्न अथवा आफुले पनि शिव जस्तै वर पाइने आस्थाका साथ चेलीहरुले व्रत बस्ने साथै बिवाहित महिलाहरुले पनि आफ्नो श्रीमानको आयु लामो होस् र शिवको जस्तै स्वभाव गुण होस भनेर बस्ने व्रत यो पर्वको मुख्य विशेषता हो भने सबै चेलिहरु भेला भएर आ-आफ्नो कथा व्यथा गीत मार्फत पोख्दै नाचगान गर्ने गर्छन् ।
यही पर्वको मर्मलाई गीत मार्फत कलाकारहरुले बजारमा ल्याउने प्रचलन पनि निकै पहिला देखि चल्दै आएको छ । पछिल्लो समय प्रविधिको विकास र फराकिलो बन्दै गएको डिजिटल दुनियाँमा मान्छेहरु क्षणिक लोकप्रियता कमाउनको लागि जस्तोसुकै हद पार गर्न थालिरहेका छन । पश्चिमी संस्कारको प्रत्यक्ष प्रभाव र इन्टरनेटको हावीको कारण समाजमा मात्रै होईन सांगीतिक क्षेत्रमा पनि ठुलै प्रलय र विकृति मौलाउदै गएको बेला । समय सान्दर्भिक विषयवस्तुमा आधारित “भाइरल बनाइदेउ” बोलको गीत भर्खर बजारमा आएको छ ।
आफ्नो लगनशीलता र क्षमताले लामो समय देखि आफुलाई कुशल पत्रकारको रुपमा स्थापित गराएकी पत्रकार सीता बराल पछिल्लो समय एक पछि अर्को सांगीतिक कोसेली प्रस्तुत गर्दै गायिकाको भुमिकामा पनि अब्बल देखिएकी छन उनले केहि समय अघि मात्रै “बाग्लुङ बेनी” बोलको गीतमा आफ्नो सुमधुर आवाज र अभिनय प्रस्तुत गरिसकेकी छन भने अहिले उनै पत्रकार तथा गायिका सीता बरालकोको प्रस्तुति तथा स्वर रहेको गीत “भाइरल बनाइदेउ” प्रकाश ढकालको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
सीता बराल सँगै चर्चित गायक नेत्र भण्डारीको स्वर रहेको उक्त गीतमा लय तथा शब्द प्रकाश ढकालले सृजना गरेका छन ।
पछिल्लो समय डिजिटल प्रविधिको विकास सँगै सामाजिक सञ्जालमा लोकप्रियता पाउनको लागि युवा-युवतिहरुले अनेकौं क्रियाकलापहरु प्रदर्शन गरिरहेको समाजको वर्तमान यथार्थलाई झल्काएर निर्माण गरिएको उक्त गीतको भिडियोमा यादव देवकोटा (सरापे) र एलिना रायमाझीको अभिनय रहेको छ भने भेष केसी , रमिला खड्का ,सीला पाण्डे , राजकुमार थापा लगायत अन्जु भण्डारीको अभिनय देख्न पाइन्छ भने युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/71KYzeOsyNg?si=4K7OwjiFg5uba3Z5