• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ), ३२ असार । हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।

    Advertisement

    अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

    उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको स्थानीय बताउँछन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढामगरले बताए ।

    बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा (ट्रेकिङ) मोह बढेको उनको भनाइ छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ ।

    बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिए । यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पयटक बढेका बताउँदै उनले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका जानकारी दिए ।

    आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेँसी झर्ने गरेको स्मरण गर्दै उनले पहिले बाहिरी मान्छे खास्सै नजाने गरेकामा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकीपाटनसम्म जाने गरेका उल्लेख गरे ।

    उनले भने, “अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चड्छन् । स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन् । हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन् । कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन् । घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ ।”

    ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए । पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उनको भनाइ छ । पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेका घर्तीले बताए ।

    “बुकीपाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ । पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकीपाटन उक्लिने गरेका छन्”, उनले भने, “ढोरपाटन आउने धेरैजसोले बुकीपाटन जाने तयारी गर्नुहुन्छ ।”

    चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा आएको बताए । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उनको भनाइ छ । बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिए । स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

    पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको रु २० लाखमा पदमार्गलगायत पूर्वाधार निर्माण छ ।

    ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ । रासस

    • ढोरपाटन पदयात्रा
    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो
    आज फेरी बढ्यो सुनको मूल्य
    खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?
    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    • २.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ३.
      खाना पकाउने ग्यासको मूल्य बढ्यो ,कति पुग्यो ?

    • ४.
      घट्यो पेट्रोलको मूल्य

    • ५.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ६.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ७.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ८.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.