• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • ३. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ४. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ५. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ६. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ७. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ८. इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

  • ९. चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

  • १०. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

आठबिसकोटमा वडा सदस्यको नेतृत्वमा खानेपानीको मुहान तोडफोड

"४० जनाको समुह लिएर मुहान भत्काईन , समितिले गर्यो प्रहरीमा उजुरी  "

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना जानीजानी भत्काइएको भन्दै उपभोक्ता समितिका अध्यक्ष कालो खत्रीले प्रहरीमा उजुरी दिएका छन्। स्वार्थ समुहले बन्दै गरेको योजनामा निर्माण भैसकेको कलेक्सन च्याम्बर सहित अन्य संरचनामा क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उजुरी दिएका हुन्।

    Advertisement

    सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ३०,४० जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वार्ड न ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण भइसकेको संरचना भत्काएर क्षति पुर्याएको जनाईएको छ ।

    योजनाको काम गरिरहेको समयमा उक्त समुह आएर कार्यरत उपभोक्ता समिति, कामदार र कर्मचारीलाई धाक धम्की दिदैं सार्वजनिक सम्पत्तिको जानाजान पुर्ण रुपमा क्षति पुर्‍याउने कार्य भएको उजुरीमा उल्लेख गरिएको छ । समितिका अध्यक्ष भन्छन, “हामीले खानेपानीको अभाव झेल्दै आएका थियौं। योजनाले केही सहज हुने आश थियो, तर केही स्वार्थी समूहले जानाजानी योजना बिगारे।” उनका अनुसार निर्माण भैसकेको सो योजना पुर्ण रुपमा क्षति गरिएको छ । घटनापछि प्रभावित उपभोक्ता समिति लिखित उजुरी लिएर ईलाका प्रहरी कार्यालय आठबिसकोट पुगेका छन्। उजुरीमा दोषी माथि कानुनी कारबाहीको माग गरिएको छ। नेपालको संविधानको धारा ४८ मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्य भएको उल्लेख गरिएको छ । तर जनप्रतिनिधिले सार्वजनिक सम्पति माथि तोडफोड गरेका छन्।

    उजुरीमा भनिएको छ ।, , यस कार्यले समुदायमा खानेपानी योजनाको निर्माण कार्यमा बाधा उत्पन्न भएको छ र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको छ। यो कार्य खानेपानी तथा सरसफाइ सम्बन्धी ऐन, २०७९, सार्वजनिक सम्पत्ति संरक्षण ऐन, २०३४ तथा फौजदारी संहिता, २०७४ अनुसार कानुनी अपराध हो ।अतः, श्रीमानसमक्ष अनुरोध छ कि सो कार्यमा संलग्न व्यक्तिहरूको तुरुन्त सर्रजीमन मुचुल्का तथा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइदिनु हुन विशेष अनुरोध गर्दछु।

    नगर उपप्रमुख धनकुमारी शाहीले घटना दुःखद रहेको भन्दै आवश्यक अनुसन्धानका लागि प्राविधिक टोली खटाइएको जानकारी दिए। “योजना भत्काउने जो भए पनि कानुनी कारबाही हुन्छ,” उनले भनिन्। हाल प्रहरी र नगरपालिका प्रशासनको सहकार्यमा घटनाको अनुसन्धान अघि बढाइएको छ। दोषी उपर कडा कारबाही गरिने छ।

    खानेपानी उपभोक्ता समितिका अध्यक्ष खत्रीका अनुसार योजना अन्तिम चरणमा पुगेको थियो। “अब पुनः निर्माण र मर्मतका लागि समय र स्रोत दुवै लाग्नेछ,” उनले चिन्ता व्यक्त गरे। वडा नम्वर ८ मा रहेको उक्त मुहान मा आफ्नो हकदाबि पर्ने र सोही मुहानको झण्डै ३ सयमिटर टाढाबाट बिधुतको लागि पानी प्रयोग भएका कारण ८ नम्वर वडाका महिला जनप्रतिनिधि बुढा सहितको टोलीले निर्मानाधिन संरचना भत्काएको बताईएको छ ।

    सार्वजनिक संरचना भत्काउनेलाई यस्तो छ कानुनी कारबाही

    सार्वजनिक संरचना (सडक, पुल, भवन, बत्ति, खानेपानीको धारो ) जानाजान भत्काउने वा क्षति पुर्‍याउने कार्य नेपालको कानूनअनुसार अपराध मानिन्छ। यस्तो कार्य गरेमा जो कोहीलाई फौजदारी अपराध लाग्दछ ।

    मुलुकी अपराध संहिता, २०७४ (दफा २७८) अनुसार सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य मा संलग्नलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय दिन सकिने व्यवस्था छ। त्यस्तै सार्वजनिक सम्पत्ति नोक्सान संरक्षण ऐन, २०३१ अन्तर्गत जानाजानी संरचना नष्ट गर्ने कार्यमा संग्लन व्यक्तिलाई १ वर्षसम्म कैद वा रु. ५,००० सम्म जरिवाना लाग्न सक्ने कानुनी व्यवस्था छ।

    दोषी ठहर भएमा जरिवाना, कैद वा दुबै सजाय हुन सक्छ। भने यदि सरकारी कर्मचारी वा निकायसँग आबद्ध व्यक्ति संलग्न भएको पाइयो भने थप प्रशासनिक कारबाही जागिर बर्खास्त, बढुवामा रोक वा उसले धारण गर्दै आएको पदमुक्त पनि हुन सक्छ। स्थानीय सरकारले पनि खानेपानी संरक्षण निर्देशिका अनुसार थप जरिवाना र समाजिक कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ ।

    माघ महिनामै दर्ता भएको थियो मुहान

    आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित वडा नम्वर ७, ११ र १३ मा आयोजना संचालनका लागि उपभोक्ता समितिको तर्फबाट १५ दिने खानेपानी मुहान दर्ता सम्बन्धी सूचना सार्वजनिक गरिएको थियो । २०८० माघ २ गते वडा नम्वर ८ बाट मुहान दर्ताका लागि अनुमति दिइएको थियो । सोही वडाले दिएको अनुमति बिरुद्ध वडाकै वडा सदस्यले दादागिरी शैलीमा खानेपानीको मुहान भत्काएकी छन्। ६ वटा खानेपानी आयोजनका लागि खानेपानीको मुहान दर्ताको सम्बन्धमा कुनै बाधा व्यवधान/दावि विरोध भएमा १५ दिनभित्र नगरपालिकामा उजुरी गर्न सक्ने सार्वजनिक सुचना प्रकाशित भएको थियो । माघ १५ गते प्रकाशित उक्त सुचनामा कसैले पनि उजुरी दिएका थिएनन्। सुचना प्रकाशित भएको झण्डै ४ महिनापछी जनप्रतिनिधि बाट नै सार्वजनिक सम्पति माथि तोडफोड भएको हो ।

    प्रत्यक्षदर्शीका अनुसार उक्त मुहान आसपासमा कुनैपनी व्यक्तिगत तथा सामुदायिक प्रयोजनका आयोजनाहरु सञ्चालित छैनन्। भत्काईएको आयोजनाबाट वडा नम्वर ७ का घरधुरी १४४ लाभान्वित हुनेछन्।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ३.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ४.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ५.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ६.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    भर्खरै

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ३.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ४.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ५.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ६.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ७.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ८.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.