रुकुम पश्चिम । महालेखा परिक्षकको कार्यालयले बैशाख ३१ गते सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/०८१ मा रुकुम पश्चिमका ६ वटा स्थानीय तहको बेरुजु रकम १३ करोड ८९ लाख १४ हजार देखिएको छ। रुकुम पश्चिमका ६ वटै स्थानीय तह मध्ये सबैभन्दा बढी बाँफिकोट गाउँपालिकामा २ करोड ६८ लाख ८३ हजार (२.३७ )प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै सबैभन्दा कम चौरजहारी नगरपालिकामा देखिएको छ । चौरजहारीमा १ करोड ४६ लाख १८ हजार (०.७८ )प्रतिशत रकम मात्र बेरुजु देखिएको छ । यहाँ १ अर्ब ८८ करोड १३ लाख ७२ हजार रुपियाँको लेखा परिक्षण भएको थियो । सानीभेरी गाउँपालिकाको बेरुजु रकम १ करोड ६० लाख २८ हजार ( ०.९० प्रतिशत ) देखिएको छ । सानीभेरीमा १ अर्ब ७८ करोड ७० लाख १६ हजार रकमको लेखा परिक्षण गरिएको थियो ।
आठबिसकोट नगरपालिकामा २ अर्ब १४ करोड ९८ लाख ७२ हजार रकमको लेखा परिक्षण गर्दा ३ करोड ६९ लाख ८३ हजार (१.७२ प्रतिशत ) रकम बेरुजु देखिएको छ । भने त्रिवेणी गाउँपालिकाको २ करोड चार लाख ८७ हजार (१.३२ प्रतिशत) रकम बेरुजु देखिएको छ । त्रीबेणीमा १ अर्ब ५५ करोड ७४ लाख ७८ हजार रुपियाँको लेखा परिक्षण भएको थियो । मुसिकोट नगरपालिको १ अर्ब ५८ करोड ७३ लाख ४३ हजार रुपियाँको लेखा परिक्षण गर्दा २ करोड ३९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिशतका आधारमा १.५१ प्रतिशत बेरुजु प्रतिवेदनमा देखिएको हो ।
महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकामा देखिएको छ । भने सबैभन्दा कम चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा देखिएको छ । यहाँ ६ वटै स्थानीय तहको १० अर्ब ९ करोड ५३ लाख १३ हजार रकमको लेखा परिक्षण गर्दा उक्त बेरुजु देखिएको हो ।
यस्तो छ विवरण
