काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका प्रहरी निरिक्षक इन्स्पेक्टर जितेन्द्र साहले अर्का एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई गालामा हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
Advertisement
प्रहरी कुट्ने ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । भने कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत छन्। घटनाबारे थप अनुसन्धान भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।