रूकुम पश्चिम सानीभेरी गाउँपालिकाका नगर प्रहरी बालकृष्ण नकाल माथि खुकुरी प्रहार भएको छ । शनिवार विहान ड्युटीमा रहेका नगर प्रहरी नकालमाथी ३ जनाको समुहले खुकुरी र फलामको रड लिएर सिम्लीबाजरमा आक्रमण गरिएको हो ।
Advertisement
आक्रमण गर्नेमा सानीभेरी ७ का तिलक रावत, सोहि वडाका शान्ति विक र दिनेश विष्ट रहेका छन् । उनी आक्रमण बाट समान्य घाईते भएका छन् । उनलाई टाउकोमा र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
सानीभेरी ८ को पुलबजारमा पुलहाउस संचालन गरेका तिलक रावतलाई नगरप्रहरी गएर व्यवसाय दर्ता गर्न आग्रह गर्दा उक्त घटना घटेको बताईएको छ । घटनाको बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।