सुजन बिश्वकर्मा
पोखरा , वैशाख ३ : वैदेशिक रोजगारीको सिलसिलामा गत माघ महिनामा संयुक्त अरब इमिरेट्स गएका सुवास बि.क . २ महिनामै परदेशको भुमिमा अस्ताएका छन
पोखरा महानगरपालिका वार्ड नम्बर २० निवासी ३६ वर्षीय सुवासको हृदय घातका कारण यु.ए.ई को राजधानी आवुधाबी स्थित मृत्यु भएको हो ।
२०८२१ साल चैत्र २७ गते बुधबार निधन भएका सुवासको सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि पार्थिव शरीर स्वदेश ल्याई आज २०८२ वैशाख ३ गते बुधबारको दिन अन्त्यष्टी गरिएको छ ।
घरको आर्थिक अवस्था बलियो बनाउन र परिवारको भविष्य सुनिश्चित गर्नको लागि दिनहुँ हजारौंको संख्यामा बिदेशीनु नेपालीको बाध्यता पछ्याउँदै सुवासले पनि परदेशको यात्रा तय गरेका थिए । स्वदेशमा रहँदा जिल्ला स्तरीय कराते खेलाडी समेत रहेका उनको उच्च रक्तचापका कारण हृदयघातले निधन भएको थियो ।
वृद्ध आमा बाबु र श्रीमती छोरीलाई सुखको दिन देखाउन परदेशीएका सुवासको घरमा आमा बुबा सँगै श्रीमती र एक छोरी थिइन भने उनका पाँच दिदिबहिनी एक दाइ र एक भाउजू छन।
सत्तरी वर्षीय वृद्ध बाबुले उनको दागबत्ती दिई सेतीघाटमा अत्यष्टी गरेका छन । सरकार कमजोर बनिदिँदा रोजगारको लागि परदेश जानेहरूको यस्तो हविगत प्रायः नेपालीहरुले दिनहुुँ सामना गरिरहनु परेको छ यो दुखद कुरा हो ।