जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।
जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठो बुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि धारिलो हतियार कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार घटना मंगलबार साँझ करिब ७:४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा भएको हो । घटनापछि बले थापा फरार भएका छन् ।