नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभर जारी शिक्षक कर्मचारी आन्दोलनको प्रभावका कारण जाजरकोटको खलङ्गा स्थित त्रीभुवन माध्यामिक विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना सँगै सम्पूर्ण शैक्षिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ।
विद्यालय ले मंगलबार एक सूचना जारी गर्दै हालको परिस्थितिमा पूर्वनिर्धारित भर्ना कार्यक्रमसहित सम्पूर्ण शैक्षिक गतिविधि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
विद्यालयका प्रधानाध्यापक भक्त बहादुर मल्लले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘शिक्षक–कर्मचारीको आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिलाई ध्यानमा राखी विद्यालयले तत्कालका लागि सबै कार्यक्रम स्थगन गर्ने निर्णय लिएको हो ।
त्यस्तै रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विधालयले पनी सबै कार्यक्रम स्थगित गरेको छ । यता शिक्षकहरुले कक्षा १२ परिक्षा समेत बहिष्कार गर्ने चेतावनी दिँदै सरकारसँग माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन्।