भाटभटेनी सुपरमार्केट्सले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादीले गरेको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ ।
Advertisement
भाटभटेनी भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको सीओओ पानु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।