• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

  • ४. आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

  • ५. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ६. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ७. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ८. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ९. स्वास्थ्य, रोजगारी र पूर्वाधारमार्फत आत्मनिर्भर रुकुम निर्माण गर्ने नेकपाको प्रतिवद्धता

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ ।

    Advertisement

    लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।

    कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छभने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच÷सात किलोमिटर दूरीको मोटर यात्रामा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

    हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए ।

    हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले होटलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । “टाढाबाट आएका मानिसहरू बास बस्न खोज्छन्, होटेल व्यवसायी घर्तीले भने, “यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनाहरूलाई बास बसाल्न सकिने अवस्था छैन् ।” तर हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ ।

    मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनी आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रूकुम पश्चिमबाट आएका चन्द्रबहादुर कुँवरले बताए । यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उनले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए ।

    प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताएका छन् । यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उनले बताए ।

    पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ का दिलचन पुनले बताए । पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए ।

    कतिपय मानिसहरू एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा
    आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
    हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि
    इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते
    खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की
    मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

    • ४.
      आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

    • ५.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ६.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    भर्खरै

    • १.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • २.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    • ३.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    • ४.
      इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

    • ५.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ६.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ७.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ८.
      इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.