मुसिकोट । रुकुम पूर्व मा दुई जना महिला पक्राउ परेकि छन्। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ७ गुनाम भन्ने ठाउँबाट ६ किलो लागुऔषध चरेस सहित दुई जना महिला पक्राउ परेकि हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार भुमेकी ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया बुढामगर रहेकी छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी प्रमुख डिएस्पी माधव राज खरेल का अनुसार पक्राउ भएका महिलाहरु माथि थप अनुसन्धान भैरहेको छ । उनीहरुलाई अदालत बाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।