डिजिटल प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गीत संगीतहरु धमाधम सार्वजनिक हुने गति दिनप्रतिदिन बढिरहेको छ ।
केहि समय अघिसम्म निकै साँगुरो स्थानमा रहन बाध्य नेपाली सांगीतिक बजारले अहिले विश्वव्यापी रुपमा आफ्नो सतह बढाउदै गइरहेको छ । विभिन्न विधाका अत्याधिक गीतहरु निरन्तर सार्वजनिक हुँदै गर्दा । सांगीतिक बजारको एउटा बलियो पाटो बनेको प्लेटफर्म युट्यूबमा ” I Love You Always ” बोलको गीत सार्वजनिक भएको छ ।
अङ्ग्रेजी भाषामा रहेको उक्त गीत भने नेपालीले तयार पारेका हुन । यस गीतमा शब्द , संगीत देखि अभिनयसम्म सबै पक्ष नेपाली द्वारा निर्माण गरिएको छ । पछिल्लो समय विश्वभरका मानिसहरुको पहुँचमा रहेको युट्यूब र प्रायःजसो सबै राष्ट्रहरुमा प्रचलित अङ्ग्रेजी भाषालाई मध्यनजर गरेर आफ्नो सृजनालाई विश्व सामु पस्कने एउटा सपना पूरा गर्दै विगत लामो समय देखि संयुक्त राज्य अमेरीकामा बसोबास गर्दै आएका प्रभु पौडेलले उक्त गीत बजारमा ल्याएका हुन् ।
अहिले केहि समय देखि निकै प्रचलनमा आएको कृत्रिम बुद्धिमत्ता ( आर्टिफेसियल इन्टलिजेन्स AI ) को सहायतामा अत्यन्तै फरक अनि बुद्धिमानी तरिकाले , शब्द , संगीत तथा आवाज समेत प्रभु पौडेल आफैले तयार पारेका छन ।
दर्जनौ गीतमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गर्दै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित बनेकी मोडल साया भण्डारी र बिमल अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियोलाई मौसम हिमालिले निर्देशन गरेका छन भने उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ । भिडियो निर्माणमा जीवन भण्डारीले सहायक निर्देशको भुमिका निर्वाह गरेका छन ।
प्रभु पौडेलकै प्रस्तुतिमा बजारमा आएको ” I Love You Always” गीत स्विट मेलोडी म्युजिक नामको युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।