• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

प्रश्न गर्नु अपराध हो र ?

दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

फेरी घट्यो सूनको मूल्य

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ४. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ५. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ६. पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

  • ७. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ८. ‘रुसमा एशियाकै विशिष्ट नेताका रूपमा मेरो परिचय गराइयो’ : ‘प्रचण्ड’

  • ९. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • १०. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया


  •   शुक्रबार, मङि्सर ०४, २०८३ मा प्रकाशित
  • कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् ।

    Advertisement

    ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनलाई तीव्रता दिइएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए ।

    अहिले नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा रङरोगन र टायल परिवर्तन गर्ने तथा आवश्यक मर्मतसम्भारका काम भइरहेका छन् । पौडी पोखरीको अवस्था सामान्यत: राम्रो भए पनि बाहिरी भागका टायल उप्किएको र रङरोगन आवश्यक रहेकाले सुधारको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

    यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँस्थित खोखो कभर्ड हललाई प्रतियोगिताका लागि तयार पारिएको छ ।

    बर्दियामा खोखोसँगै टेनिस प्रतियोगिता पनि हुनेछ । टेनिस गुलरियास्थित कभर्ड हलमा हुनेछ । दुवै खेलस्थलमा आवश्यक मर्मत तथा पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको छ ।

    दशौँ खेलकुदअन्तर्गत यही मङ्सिर ८ गतेदेखि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन भने यही मंसि१६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ ।

    प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताका खेल कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा हुँदैछन् । सुर्खेतमा २३ खेल आयोजना हुँदा नेपालगन्ज, बर्दिया र सल्यानमा समान दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन् ।

    बर्दियाको भुरीगाउँमा यही मंसिर १९ देखि २३ गतेसम्म खोखो प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन् । यसका लागि प्रदेश तथा विभागीय टोलीको छनोट भइसकेको छ ।

    लुम्बिनी प्रदेश खोखो सङ्घका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले लुम्बिनी प्रदेशको टोली छनोट भइसकेको जानकारी दिए । अन्य प्रदेशले पनि खेलाडी छनोट गरिसकेका छन् । विभागीय टोलीहरूसमेत प्रतियोगिताका लागि तयार छन् ।

    भुरीगाउँस्थित कभर्ड हल खोखो खेलका लागि निर्माण गरिएको नेपालकै सुविधासम्पन्न हलमध्ये एक हो । म्याटसहितको सुविधा रहेको यस हलमा रङ्गरोगन तथा आवश्यक मर्मतसम्भारको काम भइसकेको छ ।

    ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काका अनुसार कभर्ड हलमा बत्ती तथा अन्य आवश्यक व्यवस्थापनको काम पूरा भइसकेको छ ।

    तर, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रयोग गरिएको म्याट भने पुरानो र जीर्ण अवस्थामा छ । उक्त म्याट करिब एक दशक पुरानो भएकाले नयाँ खरिद गर्नुपर्ने उनको भनाइ छ ।

    बर्दिया हुने प्रतियोगिताका तयारीको लागि राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरीय प्राविधिक टोलीले पटक–पटक अनुगमन गरिसकेका छन् ।

    बर्दिया खेलकुद विकास समितिका पूर्वअध्यक्ष खगेन्द्र खनाल प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय सरकार, खेलकुद विकास समिति तथा सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट जुटिरहेको बताउँछन् ।

    नेपालगन्जस्थित रङ्गशालामा पौडी र सुटिङ

    यसैगरी बाँकेको नेपालगन्जस्थित रङ्गशालामा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछन् । पौडी यही मंसिर ८ र सुटिङ मंसिर १६ गतेदेखि सुरु हुने तालिका छ ।

    पौडी पोखरीको निरीक्षण गर्न शनिबार प्राविधिक टोलीले नेपालगन्ज आउने तयारी गरेको प्रमुख चन्दले जानकारी दिए ।

    उनका अनुसार सुटिङ रेन्जमा बिग्रिएका १० वटा उपकरण मर्मतका लागि विदेशबाट पाटपूर्जा मगाइसकिएको छ । ती सामान आइपुगेपछि जडान गरेर सुटिङ रेन्जलाई प्रतियोगिताका लागि पूर्ण रूपमा तयार पारिने चन्दले बताए ।

    दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले रु २० हजार, रजत विजेताले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पुरस्कार पाउनेछन् । टोली स्पर्धामा स्वर्ण जित्नेले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् ।

    कर्णाली प्रदेशलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन हुन लागेको प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशमा समेत आयोजना हुनुले यस क्षेत्रका खेल पूर्वाधारको उपयोग र खेल गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आफ्नै क्षेत्रमा आयोजना हुँदा स्थानीय खेलाडीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

    • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
    शुक्रबार, मङि्सर ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
    डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा
    मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे
    प्रश्न गर्नु अपराध हो र ?
    दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
    निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ४.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ५.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    • ६.
      पोखराको लेकसाइडमा ग्याङफाइट, ५ जना पक्राउ

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      प्रश्न गर्नु अपराध हो र ?

    • ५.
      दान बहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

    • ६.
      निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

    • ७.
      बालेनलाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’

    • ८.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.