स्याङ्जा : ६२ औँ राष्ट्रिय बाल दिवसलाई लक्षित गरि फेदिखोला गाँउपालिका स्तरीय बाल सञ्जालको सहजीकरणमा फेदिखोला गाँउपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय नाटक प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पालिका भित्रका दस वटा विद्यालय सहभागी भएका थिए भने बाल दिवस लक्षित कार्यक्रम भएको हुँदा “बाल विवाह” , “बाल श्रम शोषण ” र “नियमित विद्यालय उपस्थित नहुँदा भविस्यमा पर्ने असर” गरि जम्मा सबै विद्यालयहरुको लागि तीन वटा शिर्षक साझा गरिएको थियो ।
कुल दश विद्यालयको सहभागिता रहेको प्रतियोगितामा क्रमशः सिद्वार्थ माध्यमिक विद्यालय प्रथम भएको छ भने सितला माध्यमिक विद्यालय दृतीय , मैदान माध्यमिक विद्यालय तृतीय र चन्डिडाडा माध्यमिक विद्यालयले सान्त्वना स्थान हात पारेका छन ।
प्रतियोगिताको निर्णायक भुमिकामा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरु रहेका थिए भने कार्यक्रमा दिपिका आचार्य अध्यक्ष तथा विशेष अतिथीमा फेदिखोला गाउपालिकाका घनश्याम सुवेदी लगायत पालिकाका पदाधिकारीहरुको अतिथ्यता रहेको थियो । कार्यक्रम प्रशान्त बोहोरा र नियम गुरुङले सञ्चालन गरेका थिए ।