पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
Advertisement
कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो। स्काउटकाे जग्गाबारे अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएकाे सीआईबीका एक प्रहरी अधिकारीले नेपालखबरलाई बताए।
शनिबार मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ। उनीहरूलाई चाहिँ गत भदौमा भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।