• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

नयाँ वर्षको कोशेली “राम साईली“

उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

लोकप्रिय समाचार

  • १. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • २. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • ३. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ४. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ५. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • ६. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

  • ७. वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

  • ८. खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

  • ९. त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

  • १०. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?


  •   मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
  • जनार्दन शर्मा ज्यूको नाममा खुला पत्र ।
    आदरणीय जनार्दन शर्मा ज्यू, नमस्कार ।

    Advertisement

    जिल्ला वासीका नाताले तपाईलाई आज केही सवाल गर्दै छु। रुकुम पश्चिम र देशको राजनीतिमा तपाईं लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ। युद्धकालदेखि शान्ति प्रक्रिया, मन्त्री पदसम्मको यात्रामा तपाईंले बोकेको जिम्मेवारी र प्रभावलाई आम नागरिकले नजिकबाट हेर्दै आएका छन्। यही यात्रामा तपाईले झन्डै २० वर्ष रुकुमको नेतृत्व गर्नुभयो। तर आज रुकुम पश्चिमका धेरै नागरिकको मनमा केही प्रश्न र असन्तोष छन्। विकासका ठूला कुरा, सडक, रोजगारी, शिक्षा र स्वास्थ्यका प्रतिवद्धता बारम्बार सुनिन्छन्, तर जनताले अनुभूति गर्ने परिवर्तन अपेक्षाअनुसार किन देखिँदैन?

    दोष अरूलाई दिनु सजिलो होला, तर नेतृत्वमा बसेकाले उत्तरदायित्व सहितको जिम्मेवारी पनि लिनैपर्छ।
    राजनीतिमा पद परिवर्तन हुन सक्छ, पार्टी बदलिन सक्छ, तर जनताको पीडा बदलिँदैन। चुनावको बेला मात्रै जनता सम्झने र जितेपछि टाढा हुने प्रवृत्तिले राजनीतिप्रति वितृष्णा बढाएको छ। तपाईं जस्तो प्रभावशाली नेताबाट जनताले भाषण होइन, ठोस काम र इमानदार आत्मसमिक्षा चाहेका छन्।

    २० वर्षमा कायपलट नभएको रुकुम लाई अझैपनी कायपलट बनाउँछु । भन्दै भोट माग्दै गर्दा तपाईं माथी केही प्रश्न उठ्छ । तपाईंलाई नेता भनेर चिन्ने कि प्रश्नको घेरामा परेको पात्र भनेर? आज रुकुम पश्चिमका धेरै नागरिक अन्योलमा छन्। दशकौँदेखि सत्ता, सरकार र पार्टीको केन्द्रमा पुग्नुभएको तपाईंलाई विकास, परिवर्तन र जनजीविकाको दुहाइ दिन अब सुहाउँदैन।

    हरेक चुनावमा उही भाषण, उही सपना र उही दोष अरूलाई तर परिणाम उही बेरोजगारी, बिदेसिने युवा, कागजमै सीमित सडक र भाषणमै अड्किएको समृद्धि यदि यति लामो समय तपाईं सत्तामा रहँदा पनि रुकुमपश्चिमले अनुभूति गर्ने परिवर्तन देखिएन भने, यसको जिम्मेवारी कसले लिने? तपाईं यस अघि नेपाली काँग्रेसको सहारामा चुनाव जित्नुभयो । फेरी एमालेको काध चढेर चुनावी मैदानमा उत्रीरहँदा तपाईले पार्टी भित्र पुस्तान्तरण नहुँदा गरेको बिद्रोहले आफै माथी प्रश्न उठाएको छ । २० वर्ष नेतृत्व गरेर पटकपटक चुनाव लड्ने तपाईं फेरि पार्टीले नेतृत्व हस्तान्तरण गरेन भनेर पार्टी फुटाउने पनि तपाईं? यदी तपाईको नियत सफा थियो । भने आगामी चुनावमा युवाहरूलाई उम्मेदवार बनाउनुपर्थ्यो । तर सत्ता र शक्तिको लालच भरिएको तपाईं लाई त्यो बुद्धि आएन । अहिले फेरि जनता माझ रुकुममा मैले जति कसैले गरेको छैन । भनेर भाषण बाढ्नु तपाईको लागि सामान्य बन्दै छ । दुई दशक नेतृत्व गरेको मान्छेले काम नगरे कसले गर्छ? बाँझो खेत राख्नुहुन्न कृषि क्रान्ति गर्नुपर्छ । भनेर आश्वासन बाढ्ने तपाईं कृषकको उपच कुहिँदा कहिले सोच्नु भयो? रुकुममा युवा,कृषक लगायत आम नागरिकको पीडामा कति सरिक हुनुभयो? त्यो प्रष्ट नै छ । आज बढ्दो बेरोजगारीका कारण अवैध बाटो बाट अमेरिका जाने युवाहरुको तथ्यांक हेर्नुहुन्छ भने नेपालमै पहिलो नम्वरमा रुकुम पर्छ । तपाईले युवा पलायन रोक्ने नीति ल्याउनु भयो?

    तपाईं हेलिकप्टरले डोजर बोकेर सडक खनिएको जस्ता कथा सुनाएर इतिहास लेख्ने प्रयास गर्नुहुन्छ, तर जनताले आजसम्म धुलो र हिलोमै हिँड्नुपरेको यथार्थ लुक्दैन। उपलब्धि दाबी धेरै गरेर हुँदैन प्रमाणित हुने विकास कार्य कमै छन् । तपाईले पुर्वाधार तर्फ रुकुमले फड्को मारेको दाबी गर्दै गर्दा रुकुम जिल्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने सल्यान-रुकुम-मुसिकोट सडक खण्ड द्वन्द्वकालमै सुरु गरिएको थियो। केन्द्रीय सरकारको बजेटबाट नै तत्कालीन शाही नेपाली सेनाद्वारा खनिएको सडक अहिले सम्म स्तरोन्नति भएको छैन । २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा पहिलोपटक गाडी पुग्दा तपाईं युद्धमै हुनुहुन्थ्यो । राप्ती राजमार्ग र मध्यपहाडी लोकमार्ग दुई ठुला राजमार्ग जोडिएर देखिएका सडकहरुमा तपाईकै नेतृत्व मा बनेको दाबी छ । भने एकपटक तपाईकै गृहनगर मुसिकोटका सडकमा यात्रा गर्नुहोला । पुरानो सडक मानिने शितलपोखरी झुलखेत, पातुखोला – राउखेत सडक हेरे पुग्छ । सडक ,विधुत र कृषि यही तपाईंको राजनीतिक पहिचान बन्दै गएको छ । तर अध्यारो नै रहेको उज्यालो रुकुम कार्यक्रम र कुहिएका कृषकका किवि,सुन्तला लगायतका कृषि उपजले तपाईलाई नै गिज्याईरहेको छ ।

    तपाईले २० वर्ष रुकुमको नेतृत्व गर्दा कयौं पार्टी फुटे, मोर्चा फेरिए, सिद्धान्त बदलिए तर जनताको जीवन किन उस्तै रह्यो? राजनीति तपाईंका लागि रणनीति हुन सक्छ, तर जनताका लागि त्यो जीवन–मरणको प्रश्न हो। सत्ता बचाउने खेलमा जनता प्रयोग हुने वस्तु होइनन्।
    आज जनताले नेता होइन, जवाफ खोजिरहेका छन्।

    किन रुकुम अझै पछाडि छ?किन युवाले गाउँमै भविष्य देख्न सकेनन्?किन विकासको बजेट भाषणमा देखिन्छ, जमिनमा होइन? तपाईलाई फेरि पनि के आधारमा निर्वाचित बनाउने? यदि यी प्रश्नको इमानदार उत्तर दिन सक्नुहुन्न भने, फेरि “म नै विकल्प हुँ” भन्ने नैतिक अधिकार पनि तपाईंसँग रहँदैन।

    यो पत्र व्यक्तिगत आक्रमण होइन, राजनीतिक हिसाब,किताब हो। जनताले अब सहानुभूति होइन, परिणाम चाहेका छन्। विगतको क्रान्तिको प्रमाण देखाएर वर्तमानको असफलता ढाक्न अब सम्भव छैन। अब निर्णय तपाईंको हातमा छ । इतिहासमा जवाफदेही नेता भएर सम्झिनुहुन्छ,। कि प्रश्नबाट भाग्ने अर्को सत्ता–केन्द्रित

    अन्तमा, आज युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्, गाउँ रित्तिँदै छन्, आधारभूत सेवा अझै अपूरो छन्। यी सबै समस्याको समाधानका लागि तपाईंले अब के नयाँ र फरक गर्नुहुन्छ? विगतको योगदान सम्झाउने होइन, भविष्यको स्पष्ट कार्ययोजना जनताले सुन्न चाहन्छन्।

    यो पत्र विरोध मात्र होइन, सचेत नागरिकको प्रश्न र अपेक्षा हो। आशा छ, तपाईंले यसलाई आलोचना हैन, सुधारको अवसरका रूपमा लिनुहुनेछ। रुकुम पश्चिमको भविष्य तपाईं जस्ता नेताको निर्णय र नीतिसँग गहिरो रूपमा जोडिएको छ। जनताको विश्वास फर्काउने काम अब शब्दबाट होइन, कामबाट देखिनुपर्छ।सधैं जनताप्रति जवाफदेही रहनुहोस् भन्ने अपेक्षासहित।

    भवदीय,
    अर्जुन बिष्ट,रुकुम पश्चिम ।

    मङ्गलबार, माघ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प
    नयाँ वर्षको कोशेली “राम साईली“
    मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
    नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    लोकप्रिय

    • १.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • २.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • ३.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ४.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ५.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • ६.
      तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

    भर्खरै

    • १.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • २.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    • ३.
      पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

    • ४.
      नयाँ वर्षको कोशेली “राम साईली“

    • ५.
      उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

    • ६.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ७.
      नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    • ८.
      आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.