रुकुम पश्चिम । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी को तर्फ बाट रुकुम पस्चिमका उम्मेदवार चन्द्र बुढा (सी) चुनाव चिन्ह “गुलाफको फूल” लिएर गाउँगाउँमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन्। उनले घरदैलो कार्यक्रममार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेन्डा र योजना प्रस्तुत गरिरहेका छन्।
Advertisement
घरदैलोका क्रममा उम्मेदवार बुढाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाताको सुझाव र गुनासो सुन्दै उनले “जनताको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति” भएको बताएका छन्।
स्थानीय बासिन्दाले पनि उम्मेदवार गाउँमै आएर कुरा सुन्ने परम्पराले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिएका छन्। चुनाव नजिकिँदै जाँदा चन्द्र बुढाको प्रचार अभियान थप सक्रिय बन्दै गएको छ।