हुम्लामा स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास आरोपमा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताँजाकोट गाउँपालिका वडा नम्वर ३ स्थित मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई पक्राउ परेका हुन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार हुम्लाको ताँजाकोट गाउँपालिकामा फेज नेपालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी माथि सामुहिक बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको हो ।
‘गएको मंगलबार राति ११ बजेतिर महिला स्वास्थ्यकर्मी बसेको कोठामा गएर अभद्र व्यवहार गर्दै मदिरा सेवन गरेर तिनै जनाले बलात्कारको प्रयास गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।