आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले करिब ८२ करोड बराबरको बजेट ल्याएको छ । शनिवार भएको नगर सभामा नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्।
Advertisement
आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजार रहने छ । चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको नगर उपप्रमुख बिएमले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।