मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१०, बरनेटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
Advertisement
स्थानीय ४८ वर्षीया गणेशा ओलीको आइतवार अपराह्न करिब ४:३० बजेतिर चट्याङ लागेर मृत्यु भएको त्रिवेणी गाउँपालिका–१० का वडाध्यक्ष शेरमान खडकाले जानकारी दिए।
वडाध्यक्ष खडकाका अनुसार घरको विद्युत मिटरमा परेको चट्याङले ओलीलाई लाग्दा घटनास्थलमै मृत्यु भएको हो। चट्याङका कारण विधुत मिटरमा समेत क्षति पुगेको बताईएको छ ।