• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

आज यी ठाउँमा हुने छ वर्षा

झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आज एकै दिन १० हजार घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • २. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • ३. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आज सुनको मूल्य घट्यो

  • ८. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ९. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • १०. रुकुम पश्चिममा बम फेला

कमिसनको खेल : लाखौँको क्रेटिङ्ग हप्ता दिनमै ध्वस्त, किसान हेरेको हेरेई


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • कैलाश माझी / उज्यालोपाटी

    Advertisement

    सप्तकोशी नगरपालिका–११ स्थित पुरानो गंगाजली नदिमा करिब ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जाली क्रेटिङ्ग हिजो आएको सामान्य बाढीले बगाएको छ। योजना सम्पन्न भएको हप्ता दिन नपुग्दै बग्नुले स्थानीयको आशंका, चिन्ता र आरोपहरूलाई पुष्टि गरिदिएको छ। बजेट सकिएपछि मात्रै देखिने ‘काम सकिएको प्रमाण’ केही दिनमै पानीमै बग्दा अब स्थानीयले ठेकेदार, प्राविधिक, अनुगमन र सिफारिस गर्ने राजनीतिको नियतमै प्रश्न उठाएका छन्। जनताको करबाट आएको बजेट यसरी पानीमा मिसिनु कुनै प्राकृतिक समस्या नभई योजनामै मिलेमतो, बेथिति र चलखेलको नतिजा हो भन्ने गुनासो चुलिएको छ।

    सप्तकोशी नगरपालिका–११ स्थित पुरानो गंगाजली खोलामा ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जाली क्रेटिङ्ग सामान्य बाढीमै बगिएपछि स्थानीयमा आक्रोश चुलिएको छ। एक हप्तासमेत नटिक्ने संरचना बनाएर राज्यको अमूल्य बजेट पानीमा मिसाइएकामा नागरिकहरू आहत छन्। योजनाको सुरुवातदेखि अन्त्यसम्म देखिएको अनियमितता, लापरवाही र प्रतिवाद उठाउनेहरूमाथि गरिएको मानसिक त्रास अब सर्वत्र खुलासा भएको छ।

    खासगरी योजना बनाउने क्रममा नागरिक सहभागिता बेवास्ता गरियो, प्राविधिक विश्लेषण र स्थानको भौगोलिक उपयुक्तताको अध्ययन नगरिएको, उपभोक्ता समिति गठनमा समेत पारदर्शिता नअपनाइएको र सामग्री छनोटमा ठेकेदारको मनपरी चलाएको स्थानीयको आरोप छ। विकासको नाममा गरिने यस्ता लापरवाही र ढाकछोप प्रवृत्तिले न केवल जनताको ढाड सेक्ने अवस्था बनाएको छ, र पत्रकारिताको मौलिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रतालाई समेत चुनौती दिएको छ।

    मुख्यमन्त्रीको पहलमा आएको योजना – नियत जनहितको थिएन?

    उक्त योजना मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहको पहलमा, उर्जा, सिचाइ तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय, राजविराजबाट बजेट विनियोजन गरी ल्याइएको थियो। तर स्थानीयको भनाइ अनुसार यो बजेट जनहितमा भन्दा पनि मुख्यमन्त्रीकै निजि स्वार्थ र ‘जग्गा जोगाउने रणनीति’को हिस्सा बनेको हो। गाउँकै बीचबाट बग्ने नदी नियन्त्रण गर्नुको सट्टा योजना सोझै मुख्यमन्त्रीको जग्गा सुरक्षा केन्द्रित बनाइनु आफैंमा प्रश्न उठाउने विषय बनेको छ।

    योजना नै सन्तुलनविहीन

    निर्माण कार्य सन्तुलनमा नहुँदा, मुख्यमन्त्रीको जग्गातिर मात्र जाली केन्द्रित गरिएको र विपरीत किनारातर्फ नदी नियन्त्रणका उपाय नगरेको स्थानियको भनाइ छ। “एकातिर मात्रै जाली हालेर नदीले उल्टै अर्को पाटो कटान गर्‍यो भने त्यो नियन्त्रण हो कि उक्साहट?” भन्ने स्थानीयको कडो प्रश्न छ।

    “मुख्यमन्त्रीको जग्गा जोगाउन भनेर खोलाको धार मोड्ने योजना बनाइयो, तर यसको मूल्य हामी किसानले चुकाइरहेका छौँ,” भन्छन् एक वृद्ध किसान।

    अनुगमनकै क्रममा बेथिति भेटियो

    करिब दुई हप्ता अघि सोही स्थानमा निर्माण कार्य भइरहेको बेला वडा नं ११ का वडाध्यक्ष, स्थानीय पत्रकार र सर्वसाधारण सहभागी टोली अनुगमन गर्न पुगेका थिए। साइटमा सूचना बोर्ड नराखिएको, इस्टिमेट विपरीत साना ढुङ्गा प्रयोग गरिएको, तथा कामको गुणस्तरमा गम्भीर लापरवाही देखिएको थियो। यस्ता अनियमितता सार्वजनिक गर्दै पत्रकार कैलाश माझीले समाचार लेखेपछि जनमत पार्टीका स्थानीय नेताहरू र कार्यकर्ताहरू आक्रोशित बनेका छन ।

    किसानको पिर

    क्रेटिङ्ग बगेर नदी अनियन्त्रित भएपछि सिँचाइको व्यवस्था पूर्ण रूपमा ठप्प छ। परिणामतः ५०० बिघा भन्दा बढी खेत बाँझिने अवस्था छ। असार महिनामा धान रोपाइँ हुनुपर्ने समयमा १०० यौभन्दा बढी किसान पानी नपाएर चिन्तामा छन्। “कृषिको जननी असारमै खेत सुकेका छन्, अनि नेता भनाउँदाहरू मुकदर्शक बनेका छन्,” एक किसानको भनाइ छ।

    कमिसनको खेल

    स्थानीय स्रोतका अनुसार योजनामा १० प्रतिशतसम्मको कमिसन चलखेल भएको र त्यही कारण निर्माण कमजोर भएको हो भन्ने आरोप खुलेर उठ्न थालेको छ। ठेकेदारसँग यथार्थ बुझ्न खोज्दा उनले उल्टै पत्रकारलाई “हामीलाई केही हुँदैन, जे गर्न सक्छौ गर” भन्ने अभिव्यक्ति दिएका छन्, यस्तो घमण्ड राज्यसंरचित संरचना, सिण्डिकेटको संरक्षण र राजनीतिक आडभरोस बिना सम्भव नहुने कुरा नागरिकहरूले राम्रैसँग बुझेका छन्।

    राज्यको लाखौं रुपैयाँको बजेट यसरी पानीमा बग्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश सरकार वा सम्बन्धित मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको अवस्थामा यो मौनता पनि अब संकास्पद बन्दै गएको छ ।

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
    फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै
    आज यी ठाउँमा हुने छ वर्षा
    झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    लोकप्रिय

    • १.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • २.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • ३.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    • ४.
      फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

    • ५.
      आज यी ठाउँमा हुने छ वर्षा

    • ६.
      झुट्टा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ

    • ७.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ८.
      रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.