सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पहिलोपटक साँस्कृतिक महोत्सव लाग्ने भएको छ । पालिकाको वडा नम्बर ३ स्थित बेल्टापुमा पहिलो पटक साँस्कृतिक महोत्सव हुने भएको हो ।
Advertisement
संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटन स्थानीय ब्यापार सँगसँगै सानिभेरीलाई कला सांस्कृतिक मा टेवा पुर्याउने उदेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमितिको आयोजनामा आउदो जेठ १२ गते देखि २३ गतेसम्म सांस्कृतिक महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
सानीभेरी समृद्धिको आधार, कला संस्कृति कृषि, पर्यटन, उद्योग व्यापार, हाम्रो मूल आधार भन्ने नारा सहित साँस्कृतिक महोत्सव २०८२ को आयोजना गरिएको छ ।
महोत्सवमा पल शाह, राजु परियार, बद्री पंगेनी, विष्णु खत्री, ज्योती मगर, प्रकाश सपुत लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।